साउथ चाइना मर्निङ पोस्टकाअनुसार हाल पक्राउ परेकाहरु त्यही समूहका सदस्यहरु हुन् जसले गत जनवरीमा सेनजेन बे कन्ट्रोल पोइन्ट र क्यारिटास मेडिकल सेन्टरमा बम बिछ्याएका थिए।
सिमा नाकामा राखिएको बम बिस्फोट भउको थिएन तर एक सार्वजनिक अस्पतालमा भने बम बिस्फोट भएको थियो। उक्त घटनामा कुै हाताहाती भएको थिएन।
आइतबार आतंक गतिविधिमा संलग्न १० जना आफूहरुले पक्राउ गरेको प्रहरीले बताएका छन्। केहीलाई शनिबार र केहीलाई आइतबार बिहान नियन्त्रणमा लिइएको थियो। तीमध्ये ४ जनालाई प्रहरीले ताइ पोस्थित क्वाङ फुक स्टेटबाट पक्राउ गरेका हुन्।
हाल उनीहरुको अपराध र संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ।
3
Shares
प्रतिक्रिया