हङकङ : पहिरो खसेपछि ब्राइड पुल सडक अवरुद्ध (तस्बिरहरू)

हङकङ : पहिरो खसेपछि ब्राइड पुल सडक अवरुद्ध (तस्बिरहरू)

पहिरो खसेपछि ब्रिज पुल सडक अवरुद्ध भएको छ (तस्बिरहरू : ह्यान्डआउट)


नेपालखबर
भदौ २३, २०८१ आइतबार १२:३३, हङकङ

आइतबार बिहान पहिरो खसेपछि हङकङको ब्राइड पुल सडक अवरुद्ध भएको छ।

बिहान ६ बजेको आसपासमा सामताम लो नजिकै ब्राइड पुल सडकमा पहिरो खसेको हो।

पहिरोसँगै ढलेका रुख, बिजुलीका पोल तथा माटोको निरन्तर बहावले सडक आवागमनमा अवरोध पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रहरी तथा अग्निनियन्त्रकको टोली घटनास्थलमा पुगिसकेको छ तर ढु‌ंगामाटोको निरन्तर बहावका कारण पन्छाउने कार्य कठिन बनेको थियो।

पहिरोमा परी मानवीय क्षतिको कुनै रिपोर्ट छैन। पहिरोले विशेषगरी केएमबी बसको २७५आर रुटलाई असर गरेको छ।

यातायात विभागले बिहान ८ बजे ब्रिज पुल सडकको लगभग पूरै भाग दुवैतर्फ बन्द गरिएको बताएको छ। अर्को सूचना नआएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न समेत विभागले आग्रह गरेको छ। सडक बन्दका कारण उक्त खण्डमा ट्राफिक जाम समेत भएको थियो। (द स्ट्यान्डर्ड)

केेही तस्बिर:

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .