हङकङमा टाइफुनको बेला डकैती : घरभित्र चोर छिरे, दम्पतीलाई सोफामा बाँधे अनि लुटे

हङकङमा टाइफुनको बेला डकैती : घरभित्र चोर छिरे, दम्पतीलाई सोफामा बाँधे अनि लुटे

लुटिएका सामानको मूल्य १२ लाख ४० हजार हङकङ डलर बराबर रहेको छ (तस्बिर : ह्यान्डआउट)


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १७:३८, हङकङ

हङकङमा टी८ संकेत लागु भएको समयमा भएको एउटा चोरीको घटनामा संलग्न ५ जनालाई प्रहरीले खोजिरहेको छ।

प्रहरी स्रोतका अनुसार उनीहरूले शुक्रबार बिहान करिब १२ लाख ४० हजार हङकङ डलर बराबरको सामान लुटेका थिए।

घटना ताइपो अपार्टमेन्टको हो। यहाँस्थित नामहाङ चुन आवासीय भवनको आफ्नै घरमा एक दम्पती टिभी हेरेर बसिरहेका थिए।

त्यसैबेला अपार्टमेन्टको गेट खुल्यो, पाँच जना मास्क लगाएका व्यक्ति क्यान्टोनिजमा बोल्दै भित्र पसे।

तिनीहरूमध्ये एकले दम्पतीलाई चक्कु देखाउँदै स्टिलको डोरीले सोफामा बाँधिदियो। यसपछि उनीहरू माथि उल्लेखित रकम बराबरको सामान लुटेर फरार भएका थिए।

दम्पतीमध्ये चान उपनामका ४९ वर्षीय पुरुष खुद्रा व्यापारमा संलग्न तथा ली उपनामकी ४० वर्षीया महिला डिजाइन गरिएका ह्यान्डब्याग संकलक रहेको द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .