हङकङको क्याथेका जहाजमा इन्जिन समस्या : थप २२ उडान रद्द

हङकङको क्याथेका जहाजमा इन्जिन समस्या : थप २२ उडान रद्द

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको क्याथे प्यासिफिक एयरबस ए३५० (एससीएमपी)


नेपालखबर
भदौ १९, २०८१ बुधबार १४:१४, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजले एयरबस ए३५० फ्लिटमा इन्जिन कम्पोनेन्ट फेलको कारणले थप २२ उडान रद्द गरेको छ। यो सँगै यस हप्ता रद्द हुने संख्या ९० पुगेको छ।

क्यारियरले यसअघि मंगलबार ४८ र बुधबार २० उडान रद्द गरेको थियो।

साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार पोस्टको जिज्ञासामा एयरलाइन्सले बिहीबारदेखि शनिबारसम्मका २२ उडान रद्द भएको पुष्टि गरेको हो।

कम्पनीले बुधबार ए३५० फ्लिटका १५ वटा विमानमा इन्जिन इन्धन लाइन प्रतिस्थापन गर्नुपर्ने पहिचान गरेको थियो। जसमध्ये ६ वटा विमान मर्मत गरी सञ्चालनका लागि तयार भइसकेका छन्। बाँकी ९ वटाको पनि मर्मत सकी शनिबारदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

समस्या देखिएका ट्रेन्ट एक्सडब्लूबी-९७ इन्जिन बेलायत आधारित रोल्स-रोयसद्वारा निर्मित हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .