हङकङ अब्जर्भेटरीले मंगलबार दिउँसो जारी गरेको ‘एम्बर वर्षा’ संकेत लागू भएको १ घण्टापछि रद्द गरेको छ।
दिउँसो पौने २ बजे जारी गरिएको संकेत पौने ३ बजे रद्द गरिएको हो। प्रतिघण्टा ७० एमएमभन्दा बढी वर्षा भएमा हङकङमा ‘एम्बर वर्षा’ संकेत जारी गर्ने गरिन्छ।
संकेत जारी गर्दा अब्जर्भेटरीले भारी वर्षाका कारण बाढी आउन सक्ने चेतावनी दिएको थियो। त्यो सम्भावना कायमै रहेकोले रद्द गर्दा पनि सचेत रहन आग्रह गरेको छ।
उच्च जोखिम रहेका क्षेत्रमा बढी सावधानी अपनाउन आग्रह गरिएको हो।
अबका केही दिन भने हङकङको मौसम अनुकूल रहने अब्जर्भेटरीले जनाएको छ।
पछिल्लो ९ दिनको पूर्वानुमानअनुसार यी दिनमा मौसम तातो रहनेछ। तापक्रम ३४ डिग्री सेल्सियससम्म रहनेछ।
आज साँझ ६ः३० को अपडेटअनुसार सहरको तापक्रम ३०.५ डिग्री सेल्सियस रहेको छ।
42
Shares
प्रतिक्रिया