हङकङमा नयाँ जोडिने सीसीटीभीले अनुहार पहिचान गर्न सक्ने

हङकङमा नयाँ जोडिने सीसीटीभीले अनुहार पहिचान गर्न सक्ने

परीक्षणस्वरुप मङककमा १५ सेट नयाँ सीसीटीभी क्यामेरा जडान गरिएको छ (एससीएमपी)


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १७:५८, हङकङ

हङकङमा यस वर्षको अन्त्यसम्ममा दुई हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरा जडान गर्ने सरकारले लक्ष्य राखेको छ।

यसै लक्ष्यअनुरुप अप्रिलमा मङककमा १५ सेट सीसीटीभी क्यामेरा जडान गरिएको थियो।

नयाँ जडित क्यामेराहरू ‘फेसियल रिकग्निसन टेक्नोलोजी’ले सुसज्जित रहने हङकङका सुरक्षा प्रमुख क्रिस ताङले बताएका छन्।

शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा प्रमुख ताङले सरकारले सहरमा स्थापना गरिरहेको नयाँ सीसीटीभी क्यामेरामा अनुहार पहिचान गर्न सक्षम कृत्रिम बुद्धिमता (एआई) समेत राखिने बताएका हुन्।

‘एक व्यक्तिलाई पहिचान गर्न धेरै सीसीटीभी फुटेजको समीक्षा गर्नुपर्ने हुन्छ र यसले धेरै समय पनि लिन्छ,’ ताङले भनेका छन्, ‘यदि हामीसँग एआई छ भने यसले धेरै फरक पार्छ। र, यसले प्रभावकारिता पनि बढाउनेछ।’

मङककमा परीक्षणका रूपमा जडान गरिएका १५ वटा क्यामेराले उक्त क्षेत्रमा १३ प्रकारका अपराध पत्ता लगाउन सक्षम भएको प्रमुख ताङले बताए।

वर्षको मध्यसम्ममा ६ सय र बाँकी क्यामेरा अन्त्यसम्ममा जोडिने सरकारको योजना रहेको हङकङका उपमुख्य सचिव (डेपुटी चिफ सेक्रेटरी) वार्नर चेकले जनवरीमा बताएका थिए। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .