हङकङमा लम्बियो टाइफुन संकेत

हङकङमा लम्बियो टाइफुन संकेत

गत वर्ष हङकङमा आएको एक आँधी (एससीएमपी)


नेपालखबर
साउन ६, २०८१ आइतबार १८:३०, हङकङ

हङकङ अब्जर्भेटरीले कम्तीमा आइतबार मध्यरातसम्मलाई टाइफुन नम्बर १ संकेत लम्ब्याएको छ।

शनिबार राति १०:४० मा जारी भएको यो संकेत यसअघि आइतबार साँझ ५ बजेसम्म कायम गरिएको थियो। तर, आँधीको प्रभाव कम नभएकोले हाल कम्तीमा मध्यरातसम्म रहने गरी लम्ब्याइएको हो।

‘आँधीले पर्ल रिभर एस्टुअरी वरपरको क्षेत्रलाई असर गरिरहेको छ,’ साँझ पौने ७ बजेको बुलेटिनमा अब्जर्भेटरीले भनेको छ, ‘हावा उच्च गतिमा चलिरहेकोले हाल कायम रहेको संकेत नम्बर १ कम्तीमा मध्यरातसम्म लागू रहनेछ।’

अब्जर्भेटरीले गरेको पूर्वानुमानअनुसार यो आँधी तीव्र हुँदै सोमबार बिहान हेनानमा आइपुग्नेछ।

‘हालको पूर्वानुमानअनुसार आँधीले भोलि (२२ जुलाई) बिहान हेनान टापुमा ल्यान्डफ गर्नेछ र ल्यान्डफ गर्नुअघि अझ तीव्र हुन सक्छ,’ ‘सूचनामा भनिएको छ, ‘यसको तीव्रता र स्थानीय हावाको अवस्थाको परिवर्तनको आधारमा अब्जर्भेटरीले उच्च उष्णकटिबन्धीय चक्रवात चेतावनी संकेतहरू जारी गर्ने आवश्यकताको मूल्यांकन गर्नेछ।’

यसको मतलब टाइफुन संकेत अझै पनि लम्बिन सक्ने बुझ्न सकिन्छ।

मौसम बिग्रिएको यस अवस्थामा पानीसम्बन्धी खेलहरू संलग्न नहुन, समुद्री किनारबाट टाढा रहन र मौसम अपडेटको जानकारी लिइरहन अब्जर्भेटरीले आग्रह गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .