हङकङमा भोलि टाइफुन १ संकेत जारी हुन सक्ने

हङकङमा भोलि टाइफुन १ संकेत जारी हुन सक्ने

शनिबार हङकङमा टाइफुन १ संकेत जारी हुनसक्ने मौसम पूर्वानुमानकर्ताको अनुमान छ (एससीएमपी)


नेपालखबर
साउन ४, २०८१ शुक्रबार १२:१३, हङकङ

हङकङको मौसम पूर्वानुमानकर्ताले शनिबार दिउँसो र रातिको बीचमा १ नम्बर टाइफुन संकेत जारी हुन सक्ने बताएका छन्। दक्षिण चीन सागरको मध्य र दक्षिणी भागहरूमा रहेको न्यून चापीय क्षेत्र उष्णकटिबन्धीय चक्रवातमा परिणत भएर सहरतर्फ आउने अनुमान गर्दै टाइफुन १ संकेत जारी हुन सक्ने बताइएको हो।

हङकङ अब्जर्भेटीले शुक्रबार दक्षिण चीन सागरको मध्य र दक्षिणी भागहरूमा रहेको न्यून चापीय क्षेत्र तीव्र बन्दै गएको र दिउँसो उष्णकटिबन्धीय चक्रवातमा परिणत हुने अनुमान गरेको छ। यो चक्रवात शनिबार दिउँसो हङकङको ८ सय किलोमिटरभित्र प्रवेश गर्न सक्नेछ।

‘दक्षिण चीन सागरको मध्य र दक्षिणी भागमा रहेको न्यून चापीय क्षेत्र बिस्तारै बढ्दै गएको छ। यो आज पछि उष्णकटिबंधीय चक्रवातमा विकसित हुने अपेक्षा गरिएको छ,’ अब्जर्भेटरीको वेबसाइटमा उल्लेख छ, ‘हालको पूर्वानुमान अनुसार, उष्णकटिबन्धीय चक्रवात भोलि हङकङको ८ सय किलोमिटरभित्र प्रवेश गर्नेछ र हाइनान द्वीपको वरपर सर्ने उच्च सम्भावना छ।’

यसको आवागमनको आधारमा मौसम पूर्वानुमानकर्ताले भोलि बेलुकासम्म टाइफुन संकेत नम्बर १ जारी हुन सक्ने बताएका हुन्।

‘यसको आवागमनको आधारमा, अब्जर्भेटरीले भोलि दिउँसोदेखि बेलुकासम्ममा सिग्नल नम्बर १ जारी गर्न सक्छ,’ स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

टाइफुनको प्रभावले आइतबार र सोमबार समेत हावाहुरी आउन सक्ने मौसम पूर्वानुमानकर्ताले जनाएका छन्।

शुक्रबार हङकङको मौसम सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने अब्जर्भेटरीले जनाएको छ। साथै, आज (शुक्रबार)को तापक्रम २७ देखि ३२ डिग्री सेल्सियससम्म रहनेछ। अब्जर्भेटरीको वेबसाइटमा देखाइएअनुसार दिउँसो २ बजेको तापक्रम २९.८ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .