हङकङमा नगद तस्करी गर्ने दुई ताइवानी जेल चलान

३ महिनामा भएको थियो करोडौँ डलरको कारोबार
हङकङमा नगद तस्करी गर्ने दुई ताइवानी जेल चलान

सांकेतिक तस्बिर (सटरस्टक)


नेपालखबर
साउन २, २०८१ बुधबार १६:४०, हङकङ

हङकङमा नगद तस्करी गरेको अभियोगमा मुद्दा चलाइएका दुई ताइवानी नागरिकलाई हङकङको अदालतले जेल सजाय सुनाएको छ।

हङकङ भन्सारले नगदसहित पक्राउ गरेका ती ताइवानी पुरुषलाई बुधबार २८ र ३० महिनाको जेल सजाय सुनाइएको हो।

उनीहरूमाथि १८ करोड हङकङ डलर नगद तस्करीको मुद्दा थियो।

जिल्ला अदालतमा मुद्दाको बहस गर्ने क्रममा न्यायाधीश जोसिया लामले रकम सानो नभएको र यो मुद्दामा सिमापारका तत्त्वको पनि संलग्नता रहेको हुन सक्ने बताए। यद्यपि, यसबारे कुनै प्रमाण भने फेला परेको छैन।

दोषी ठहरिएका ताइवानको राहदानी बाहक दुई पुरुष फ्रिलान्सर लु हङ (५३) र व्यापारी चाओ सुमिन (४९) हुन्। जसमा, लुलाई २८ महिना र चाओलाई ३० महिनाको जेल सजाय तोकिएको छ।

गत वर्ष १७ फेब्रुअरीमा कोरियाबाट पठाइएको एक प्याकेज हङकङ भन्सारले रोकेको थियो, जसमा ४५ लाख नयाँ ताइवान डलर थियो। यसपछि कुरियरको भेषमा अनुसन्धान थालेका अधिकारीहरू प्याकेज ‘रिसिभ’ गर्ने लुसम्म पुगेका थिए। लुलाई पक्राउ गरेपछि अधिकारीहरू चाओसम्म पुगेका थिए। चाओ पक्राउ पर्दा उनको साथबाट हङकङ डलर ३ लाख ९० हजार पनि बरामद गरिएको थियो।

२०२३ को फेब्रुअरीमा पक्राउ परेका लुले डिसेम्बर २०२२ देखि त्यतिबेलासम्म दर्जन पटक प्याकेज ‘रिसिभ’ गरेको स्वीकार गरेका छन्।

प्याकेज प्राप्त गरेपछि लुले त्यसलाई हङकङ डलरमा साट्ने र चाओको निर्देशनमा अज्ञात व्यक्तिहरूलाई पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।

चाओले भन्सारलाई दिएको बयानअनुसार यो रकम कोरियाली साथीले बिटक्वाइन लगानीबाट गरेको कमाइ हो। तर, उनलाई ती कोरियालीको नाम थाहा नभएको र आफूहरूले प्रायः विच्याटमा कुरा गर्ने गरेको उनले बताएका थिए।

भन्सारको अनुसन्धानले पत्ता लगाएअनुसार यी दुईले डिसेम्बर २०२२ देखि फेब्रुअरी २०२३ को बीचमा मुद्रा विनियम स्टोरमा ३५ वटा लेनदेन गरेका थिए। जसमा, ६२ करोड ३ लाख नयाँ ताइवान डलर, २० करोड जापनिज येन र ३ लाख ९० हजार हङकङ डलर रहेको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .