हङकङमा डेढ करोड डलरको लागुऔषधसहित ४ जना पक्राउ

हङकङमा डेढ करोड डलरको लागुऔषधसहित ४ जना पक्राउ

छिनसुइ वाइको हेङतङ हाउसमा रहेको फ्ल्याटलाई लागूऔषध भण्डारणको लागि भाडामा लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ (ह्यान्डआउट)


नेपालखबर
असार २७, २०८१ बिहिबार ११:४९, हङकङ

हङकङ प्रहरीले १ करोड ६० लाख हङकङ डलर बराबरको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

न्यु टेरिटोरिजमा रहेको सार्वजनिक आवासको एक फ्ल्याटबाट ६२ किलो गाँजा र ४३७ ग्राम केटामिनसहित ४ जनालाई पक्राउ गरिएको स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पक्राउ पर्नेमा एक पुरुष र तीन महिला छन्। आवासीय भवनबाहिर एक युवकको व्यवहार शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। पछि फ्ल्याटमा छापा मार्दा त्यहाँ अन्य तीन जना महिला समेत भेटिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार छिनसुइ वाइको हेङतङ हाउसमा रहेको उक्त फ्ल्याट आपराधिक समूहले लागुऔषध भण्डारणका लागि भाडामा लिएको थियो।

चारै जनालाई नियन्त्रणमा लिएको प्रहरीले उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषधका साथै क्याकेजिङका सामान पनि बरामद गरेको हो।

कारवाहीका क्रममा बरामद सामानको मूल्य १ करोड ६० लाख हङकङ डलर बराबरको रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरू २७ देखि ५९ वर्ष उमेर समूहका छन्। हङकङको कानुनअनुसार यस्तो अपराधमा आजीवन कारावास र हङकङ डलर ५० लाख जरिवाना हुन सक्छ।

पक्राउ परेका अभियुक्तहरूलाई लागुऔषध ओसारपसारको अभियोगमा मुद्दा दायर गरिएको छ। उनीहरूको मुद्दाको सुनुवाइ भोलि (शुक्रबार) चुनमुन अदालतमा हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .