मकाउका दर्शकले ‘महाजात्रा’ हेर्न पाउने

मकाउका दर्शकले ‘महाजात्रा’ हेर्न पाउने

नेपालखबर
असार १६, २०८१ आइतबार ११:४४, मकाउ

मकाउका दर्शकले चलचित्र ‘महाजात्रा’ हेर्न पाउने भएका छन्। चलचित्रलाई मकाउमा प्रदर्शन गर्ने तयारी ब्रदर हुड एसोसिएसन अफ मकाउले गरेको हो।

७ जुलाई आइतबार बिहान ९ र बेलुका ९ बजे गरी दुई पटक प्रदर्शनको तय भएको चलचित्र ‘ल्हासा मार्केट’स्थित थिएटर अल्गेरिया मकाउ सिनेमा हलमा प्रदर्शन हुनेछ।

चलचित्र प्रदर्शनको लागि आयोजक संस्था ब्रदर हुडलाई लालीगुराँस एसोसिएसनले सहयोग गरेको छ।

चलचित्रको टिकट शुल्क १५० मकाउ पाटाका रहेको छ। प्रदर्शनीबाट आएको आम्दानीले मकाउमा रहेका नेपाली फुटबल, भलिबल र बक्सिङ खेलाडीको समग्र विकासमा उपयोग गरिने आयोजक संस्थाका विकेन जोशीले नेपालखबरलाई बताए।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’ ले देश तथा विदेशमा राम्रो व्यापार गरिरहेको छ। केही समयअघि अस्ट्रेलियामा रेकर्ड नै कायम गरिसकेको छ।
त्यसभन्दा पहिले ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ‘महाजात्रा’ ले अस्ट्रेलियामा कम्तीमा ३५ शोको नयाँ रेकर्ड बनाएको हो।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले नेपालमा पनि राम्रो व्यापार गरिसकेको छ।

यस फिल्ममा विपिन कार्की, वर्षा राउत, हरिवंश आचार्य, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।

ब्रदर हुड एसोसिएसनले यसअघि लालीगुराँस नाइट १ र २ तथा कबड्डी सिक्वेलको सफलतापूर्वक आयोजना सम्पन्न गरिसकेको छ।

कार्यक्रममा मकाउमा रहेका विभिन्न नेपाली तथा विदेशी संघसंस्थालाई आमन्त्रण गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .