हङकङमा तीव्र गर्मी लगातार नवौँ दिनमा प्रवेश गर्ने बाटोमा छ। भोलिसम्मै गर्मी लगातार रहेमा यो सन् २०१६ पछिकै जुन महिनाको पहिलो लामो गर्मी हुनेछ।
गतहप्ताको बिहीबारदेखि यस हप्ताको बुधबारसम्म लागातार सात दिन तातो मौसम रेकर्ड भइसकेको हङकङ अब्जर्भेटरीका कार्यवाहक सहायक निर्देशक चेङ युनले बताएका छन्।
मौसम पूर्वानुमानकर्ताले शुक्रबारसम्मै यही अनुपातमा गर्मी जारी रहने र सहरका केही भागको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिसकेका छन्।
हङकङका साथै दक्षिणी चीनमा पनि आज र भोलि मौसम ३५ डिग्री वा सोभन्दा माथि पुग्ने अब्जर्भेटरीले जनाएको छ।
735
Shares

प्रतिक्रिया