हङकङ हस्तान्तरणको २७औँ वर्षगाँठका अवसरमा एमटीआरले ल्यायो यस्तो अफर

हङकङ हस्तान्तरणको २७औँ वर्षगाँठका अवसरमा एमटीआरले ल्यायो यस्तो अफर

ठूला रेलमा बच्चा र हलुका रेल तथा बसमा सबै यात्रुलाई नि:शुल्क यात्राको अफर एमटीआरले ल्याएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
असार १४, २०८१ शुक्रबार ११:४१, हङकङ

हङकङ चीनलाई हस्तान्तरण गरिएको २७औँ वार्षिकोत्सवका अवसरमा मास ट्रान्जिट रेलवे (एमटीआर)ले विशेष अफर ल्याएको छ।

बेलायतले जनवादी गणतन्त्र चीनलाई १ जुलाई १९९७ मा हङकङ हस्तान्तरण गरेको थियो।

हस्तान्तरणको २७औँ वर्षगाँठको अवसरमा भोलिदेखि तीन दिन चार सय यात्रा (ट्रिप) थपिनुका साथै केही शर्तमा निःशुल्क यात्रा गराउने भएको हो।

रेलका एक अपरेटरका अनुसार स्थानीय यात्रु र उत्सव कार्यक्रममा भाग लिने पर्यटकलाई लक्षित गरी यो सुविधा ल्याइएको हो।

रेलको ट्रिप थपिएसँगै ओसन पार्क, दक्षिणी टापु जस्ता पर्यटकीय क्षेत्रमा हरेक तीनदेखि ६ मिनेटमा रेल चल्ने भएका छन्।

जसअनुसार तुङचुङ लाइन बिहानको समयमा प्रत्येक ६ मिनेटमा चल्नेछ। लोकमा चाउ र एडमिरल्टीबीचको पूर्वी रेल लाइन ८.५ मिनेटको अन्तरालमा चल्नेछ भने आइसल्यान्ड लाइनमा प्रत्येक ३.१ मिनेटमा चल्नेछ।

यसैगरी, एमटीआरले ठूला रेल (हेबी रेल नेटवर्क)मा बच्चाका लागि निःशुल्क सेवा प्रदान गर्नेछ भने हलुका रेल र एमटीआर बसमा सबै यात्रुले निःशुल्क यात्रा गर्न पाउने द स्ट्यान्डर्डमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .