हङकङ : सरकारी निवासको ड्युटीमा रहेका प्रहरीलाई जब कारले ठक्कर दियो

हङकङ : सरकारी निवासको ड्युटीमा रहेका प्रहरीलाई जब कारले ठक्कर दियो

कारले गलत बाटो प्रयोग गरी यु-टर्न लिन खोजेको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
असार १३, २०८१ बिहिबार १४:३४, हङकङ

बिहीबार बिहान हङकङको सेन्ट्रलस्थित सरकारी निवासको ड्युटीमा रहेका प्रहरी जवानलाई निजी कारले ठक्कर दिएको छ।

बिहान ११ बजे निवासको गेटमा ड्युटी गरिरहेका प्रहरी जवानलाई गलत बाटोमा यात्रा गरी यु-टर्न लिँदै गरेको कारले ठक्कर दिएको हो।

कार चालकले गलत बाटो प्रयोग गरी सरकारी भवन बाहिर यु-टर्न लिने प्रयास गरेका थिए। जसका कारण गार्डेन रोडतर्फ ट्राफिक अवरुद्ध भएपछि व्यवस्थापनका लागि गएका प्रहरीलाई कारले ठक्कर दिन पुग्यो।

घटनाका कारण प्रहरीको दाहिने खुट्टामा चोट लागेको छ।

कार चालकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .