हङकङ विमानस्थल : रनवे ८ घण्टा बन्द हुँदा ४५० उडान प्रभावित

हङकङ विमानस्थल : रनवे ८ घण्टा बन्द हुँदा ४५० उडान प्रभावित

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान हलमा सोमबार उडान डिस्प्ले हेर्दै यात्रु (एससीएमपी)


नेपालखबर
असार ४, २०८१ मंगलबार ११:५९, हङकङ

आपत्‌कालीन अवतरणको क्रममा कार्गो विमानको टायर फुट्दा सोमबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको एउटा धावनमार्ग (रनवे) आठ घण्टा बन्द हुन पुग्यो। धावनमार्ग बन्द भएपछि सयौँ यात्रु प्रभावित बने।

कार्गो विमानको हाइड्रोलिक सिस्टम फेल भएपछि आपत्‌कालीन अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको हो।

जसका कारण हिजो (सोमबार) बिहान सात बजेबाट विमानस्थलको उत्तरी धावनमार्ग जबरजस्ती बन्द हुन पुगेको थियो।

रनवे बन्द हुँदा सात बजेदेखि मध्यरातसम्म विमानस्थलमा ह्यान्डल गरिएका ९३२ उडानमध्ये करिब आधा अर्थात् ४५० उडान प्रभावित भएको विमानस्थल प्राधिकरणले जनाएको छ।

एउटा घटनाबाट आठ घण्टा धावनमार्ग बन्द भएपछि विमानस्थल प्राधिकरणलाई आकस्मिक योजनाहरूको समीक्षा गर्न सरोकारवालाले आग्रह गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .