हङकङ विमानस्थलबाट ‘लगेज’ चोरी, दुई आरोपित पक्राउ

हङकङ विमानस्थलबाट ‘लगेज’ चोरी, दुई आरोपित पक्राउ

फेब्रुअरी अन्त्य र जुन सुरुमा हङकङ प्रवेश गरेका दुई सन्दिग्धले सुटकेस चोरेको अनुसन्धानले देखाएकाे छ (एससीएमपी)


नेपालखबर
असार ३, २०८१ सोमबार १७:३४, हङकङ

हङकङ विमानस्थलको आगमन कक्षबाट ११ लाख हङकङ डलर बराबरको सामान चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

गरगहना र विभिन्न डिजाइनका कपडा भएको तीन वटा सुटकेस चोरेको आरोपमा प्रहरीले विदेशबाट आएका दुई यात्रुलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले सोमबार जानकारी गराएअनुसार फेब्रुअरी अन्त्य र जुनको सुरुमा हङकङ विमानस्थलमा ओर्लेका यात्रुले आफूहरूको सामान फेला पार्न नसकेको बताएका थिए।

जुन ४ मा विदेशबाट फर्किएका दुई बासिन्दाले आफ्नो ब्यागेज नपाएको भन्दै प्रहरीमा उजुरी गरेपछि अनुसन्धान थालेको प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा सन्दिग्ध व्यक्तिहरूसमक्ष पुगेको थियो।

अनुसन्धानका क्रममा सन्दिग्ध दुई पुरुष र एक महिला फेब्रुअरी र जुनमा धेरै पटक हङकङ प्रवेश गरेको देखिएको विमानस्थलका कार्यवाहक प्रमुख इन्स्पेक्टर लियाङ हिउले बताए।

‘अनुसन्धानका क्रममा यो पनि देखियो कि दुई सन्दिग्ध सहरमा आइपुगे, यात्रुको सामान लिने क्षेत्र वरिपरि घुमे र अन्य यात्रुको सुटकेस(हरू) चोरे,’ लियाङ भन्छन्, ‘उनीहरू अन्य केसमा पनि जोडिएको हुनसक्ने तर्फ हामी अनुसन्धानमै छौँ।’

अन्य केस भन्नाले फेब्रुअरी २७ मा भएको घटनासँग पनि उनीहरू जोडिएको संकेत देखिएकोतर्फ लियाङले औँल्याएका हुन्।

पक्राउ परेका दुई जनालाई प्रहरीले शनिबार चोरीका सामान सहित नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा आरोपितले चोरीका सामान बेच्ने गरेको खुलेको छ। प्रहरीले उनीहरूको साथबाट रसिद, ‘ मेलिङ अर्डर’ लगायतका कागजात बरामद गरेको छ।

पक्राउ परेकाहरू सोमबार दिउँसोसम्म हिरासतमै छन्। आरोप पुष्टि भएमा यस प्रकारको अपराधमा १० वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .