मंगलबार बिहान हङकङबाट भियतनाम प्रस्थान गरेको क्याथे प्यासिफिकको जहाज उडेको केही समयमै पुनः हङकङ नै फर्किएको छ।
बिहान १० बज्नुभन्दा केही समयअघि हङकङबाट भियतनामको होचि मिन सिटीतर्फ उडान भरेको क्याथे प्यासिफिक उडान सीएक्स७६७ गन्तव्य नपुगी पुनः हङकङ नै फर्किएको हो।
जहाज फर्कनुको कारण ल्यान्डिङ गियर फेल भएको आशंका गरिएको छ।
जहाज बिहान १०ः११ मा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थलमा प्रहरी अधिकारी र अग्निनियन्त्रकहरू तयारी अवस्थामा रहेका थिए। तर, जहाज सकुशल अवतरण भयो। (द स्ट्यान्डर्ड)
309
Shares
प्रतिक्रिया