हङकङ : सडक दुर्घटनामा एक जनाको मृत्यु, कम्तीमा पाँच घाइते

हङकङ : सडक दुर्घटनामा एक जनाको मृत्यु, कम्तीमा पाँच घाइते

दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ (फेसबुक/एन्ड्रयु क्वोक


नेपालखबर
जेठ २७, २०८१ आइतबार १५:५, हङकङ

आइतबार दिउँसो हङकङको ताइपोमा दुई वटा गाडी एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

दिउँसो करिब सवा १ बजे साममान साइ गाउँतर्फ जाँदै गरेको सात सिटर गाडी र ताइपोतर्फ जाँदै गरेको टेस्ला कार एकापसमा ठोकिँदा उक्त दुर्घटना भएको हो।

ओभरटेक गर्ने क्रममा सात सिटर गाडी विपरीत लेनमा पस्दा दुर्घटना भएको आशंका गरिएको छ।

दुर्घटनामा दुवै गाडीका चालकसहित सात सिटरमा सवार चार जना यात्रु घाइते भए। घाइतेमध्ये सात सिटरमा सवार ७९ वर्षीया महिलालाई भने अस्पतालले मृत घोषित गरेको छ।

उनको मिउलिङ नेदरसोल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई अस्पताले दिउँसो साढे २ बजे मृत घोषित गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

दुर्घटनाको समय टेस्ला कारको पछाडि रहेको मोटरसाइकल चालक पनि घाइते भएका छन्।

दुर्घटनाका कारण बस रुट ७४ के पनि प्रभावित भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .