हङकङमा गुडिरहेको ट्याक्सीले जब पर्खाल नाघ्न खोज्यो...

हङकङमा गुडिरहेको ट्याक्सीले जब पर्खाल नाघ्न खोज्यो...

ट्याक्सीको आधा भाग अग्लो पर्खाल बाहिर पुगेको थियो (फेसबुक/बोस्को चु)


नेपालखबर
जेठ २७, २०८१ आइतबार १७:४०, हङकङ

आइतबार बिहान हङकङमा एउटा ट्याक्सी गम्भीर दुर्घटनाबाट जोगिएको छ। व्यावसायिक केन्द्र सेन्ट्रलस्थित सडकमा गुडिरहेको ट्याक्सीले नियन्त्रण गुमाउन पुग्दा उक्त घटना भएको हो।

ट्याक्सीले सुरुमा एक विदेशी महिलालाई ठक्कर दियो र सडकको रेलिङमा ठोकिएर आधा भाग हावा तथा आधा भाग जमिनमा भएर अडियो। ट्याक्सीले ठक्कर दिएकी महिला भने सडकबाट पाँच मिटर तल खसिन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। यदि ट्याक्सी पनि त्यहाँबाट खसेको भए पाँच मिटर तल नै बजारिने थियो।

ट्याक्सी ४४ वर्षीय चालकले हाँकेको थिए। उनलाई खतरनाक तरिकाले सवारीसाधन चलाएर गम्भीर शारीरिक हानि पुर्‍याएको आरोपमा प्रहरीले पक्राउ परेको छ।

चालक र घाइते महिलालाई पोकफु लामस्थित क्विन मेरी अस्पताल लगिएको थियो। ब्रेथलाइजर टेस्ट गर्दा चालकमा अल्कोहलको मात्रा नदेखिएको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .