हङकङको दक्षिण लान्ताउ टापुलाई छुट्टी मनाउने स्थलको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ।
लान्ताउ टापुका चार ग्रामीण क्षेत्रलाई समेटेर ‘पर्यावरण–मनोरञ्जन करिडोर’मा परिणत गर्ने प्रस्ताव विकास ब्युरोले सोमबार ल्याएको हो।
सरकारले मंगलबारदेखि सुरु गर्न लागेको दुई महिने सार्वजनिक परामर्शको एक दिनअघि ब्युरोले यो योजना सार्वजनिक गरेको हो।
प्रस्तावअन्तर्गत, हङकङको सबैभन्दा लामो समुद्र तट रहेको चेउङ सासहित दक्षिण लान्ताउ मनोरञ्जनको केन्द्र बन्नेछ।
त्यस्तै, तल्लो चेउङ साको दुई किलोमिटर लामो समुद्र तटमा वाटर स्पोर्टस्, मनोरञ्जन स्थल र पैदल मार्ग बन्नेछन्।
माथिल्लो चेउङ साको हिल साइडमा साहसिक खेलको क्षेत्रका रूपमा विकास गर्न प्रस्ताव गरिएको छ। यी लगायत विभिन्न परियोजना ब्युरोले सार्वजनिक गरेको प्रस्तावमा उल्लेख छन्।
सरकारले यस प्रस्तावलाई कार्यान्वयन गर्न निजी क्षेत्रको सहभागिता जस्ता विविध उपाय अवलम्बन गर्ने बताएको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
Shares
प्रतिक्रिया