हङकङ : साइकल दुर्घटनामा भारतीय मूलकी महिलाको मृत्यु

हङकङ : साइकल दुर्घटनामा भारतीय मूलकी महिलाको मृत्यु

ड्रप ब्यारिअरमा ठोकिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
जेठ १४, २०८१ सोमबार १०:५७, हङकङ

हङकङको ताइपोमा साइकल दुर्घटनामा परी भारतीय मूलकी महिलाको मृत्यु भएको छ।

ताइपो नजिकै डाउनहिलमा साइक्लिङका क्रममा ड्रप ब्यारिअरमा ठोकिँदा अचेत बनेकी उनको उपचारका क्रममा मृत्यु भएको द स्ट्यान्डर्डले जनाएको छ।

आइतबार साँझ करिब ७ बजे ३१ वर्षीया ती महिला अचेत अवस्थामा फेला परेकी थिइन्। ताइमेइ तक रोडबाट ताइमेइ तक टाउन सेन्टरतर्फ जाने क्रममा साइकलको नियन्त्रण गुमाएर ब्यारिअरमा ठोकिन पुगेको प्रहरी अनुसन्धानले देखाएको छ।

अचेत अवस्थामा भेटिएकी उनलाई एलिस हो मिउलिङ नेदरसोल अस्पताल लगिएको थियो। जहाँ उनलाई राति ८ बजे मृत घोषित गरियो। अस्पताल स्रोतका अनुसार उनको छातीमा गहिरो चोट लागेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .