हङकङमा आइतबार बिहान ट्याक्सी र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक पैदलयात्रुसहित तीन जना घाइते भएका छन्।
मृत्यु हुने दुवैजना मोटरसाइकल यात्री हुन्। जसलाई २२ वर्षीय पुरुषले हाँकेका थिए भने पछाडि सिटमा २४ वर्षीया महिला सवार थिइन्।
बिहान करिब पौने ३ बजे मङककको नाथन रोड र अर्गाइल स्ट्रिटको चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार दुवै जनालाई बेहोस अवस्थामा याउमा तेइस्थित क्वोङ वाह अस्पताल लगिएको थियो। अस्पताले पुरुषलाई बिहान ३ः४३ र महिलालाई ३ः५५ बजे मृत घोषित गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यता, ट्याक्सीमा सवार दुई जनालाई पनि सामान्य घाइते अवस्थामा सोही अस्पताल लगिएको थियो। उनीहरूको हातखुट्टामा चोट लागेको बुझिएको छ।
यसैगरी, दुर्घटनाका कारण उछिट्टएको भग्नावशेष लागेर ६९ वर्षीय एक पैदल यात्रुको अनुहारमा चोट लागेको छ। उनलाई पनि उपचारार्थ सोही अस्पतालमा पठाइएको थियो।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
Shares
प्रतिक्रिया