हङकङको एक अस्पतालको यो क्यान्टिन, जहाँ खाना खाएका ३० कर्मचारी परे बिरामी

हङकङको एक अस्पतालको यो क्यान्टिन, जहाँ खाना खाएका ३० कर्मचारी परे बिरामी

अस्पतालको संक्रमण नियन्त्रण टोलीले घटनाको थप जानकारी स‌ंकलन गरिरहेको छ (एससीएमपी)


नेपालखबर
जेठ १०, २०८१ बिहिबार १२:५८, हङकङ

क्यान्टिनको खाना खाएपछि हङकङको चाइवानस्थित पामेला युड नेदरसोल इस्टर्न हस्पिटलका करिब ३० जना कर्मचारी बिरामी परेका छन्।

सूचनाअनुसार बुधबार राति क्यान्टिनमा खाना खाएका ती कर्मचारीमा झाडापखाला तथा बान्ताको समस्या देखिएको थियो।

अस्पताल स्रोतले जनाएअनुसार उनीहरूमा ग्यास्ट्रोएन्टेराइटिसको लक्षण देखिएको हो। कर्मचारीहरू बिरामी परेर बिदामा बस्नु परेपछि अस्पतालको विभिन्न विभागका सेवा प्रभावित बनेको अस्पतालले जनाएको छ।

समस्या देखिएपछि क्यान्टिनका ठेकेदारलाई क्यान्टिनको राम्रो सरसफाइ गर्न निर्देशन दिइएको छ भने अस्पतालको संक्रमण नियन्त्रण टोलीले थप जानकारी स‌ंकलन गरिरहेको अस्पतालका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रवक्ताका अनुसार यो केसलाई स्वास्थ्य सुरक्षा केन्द्र, खाद्य तथा वातावरणीय स्वच्छता विभाग र अस्पताल प्राधिकरणको प्रधान कार्यालयमा रिपोर्टिङ गरिएको छ।

अस्पतालमा दुई वटा क्यान्टिन रहेका छन्। बिरामी परेकाहरूले यी दुवैमा खाना खाएका थिए। स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डले जनाएअनुसार यी दुई क्यान्टिन क्याफे डे कोरलको सहायक कम्पनी एसिया प्यासिफिक क्याटरिङले सञ्चालन गरेको हो। दुवै क्यान्टिनलाई कीटाणुरहित बनाउन सञ्चालन बन्द गरिएको छ।

अस्पतालका बिरामीलाई खाना उपलब्ध गराउने जिम्मेवारीमा भने दुवै क्यान्टिन नरहेको बुझिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .