हङकङको न्यु एसिया मिडिल स्कुलमा ग्याँस चुहावट हुँदा ११ जना विद्यार्थी घाइते

हङकङको न्यु एसिया मिडिल स्कुलमा ग्याँस चुहावट हुँदा ११ जना विद्यार्थी घाइते

प्रयोगशालामा ग्याँस चुहावट हुँदा ११ जना विद्यार्थी प्रभावित बनेका छन् (द स्ट्यान्डर्ड)


नेपालखबर
जेठ ९, २०८१ बुधबार १८:६, हङकङ

बुधबार दिउँसो हङकङको तु क्वा वानस्थित न्यु एसिया मिडिल स्कुलमा ग्याँस चुहावट हुँदा ११ जना विद्यार्थी प्रभावित भएका छन्।

दिउँसो कक्षा चलिरहेको बेला प्रयोगशालामा ग्याँस चुहावट भएपछि घाइते भएका उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

दिउँसो करिब पौने ४ बजे विद्यालयका कर्मचारीबाट केमेस्ट्री कक्षाका केही विद्यार्थी बिरामी परेको खबर प्रहरीले पाएको थियो।

ग्याँस चुहावटका कारण उनीहरूलाई टाउको दुख्ने, चक्कर आउने तथा पेट दुख्ने जस्ता लक्षण देखिएका थिए।

समस्यामा परेका दुई छात्र र ९ छात्रालाई एम्बुलेन्समार्फत क्वोङ वाह अस्पताल पठाइएको थियो।

फार्म रोडमा अवस्थित विद्यालयको दोस्रो तलामा रहेको प्रयोगशालामा रसायनशास्त्र अध्ययनरत विद्यार्थीबीच उक्त घटना घटेको हो।

प्रयोगात्मक कार्यका क्रममा विद्यार्थीलाई बर्नर(हरू) खोल्न निर्देशन दिइएको थियो। जस क्रममा ग्याँसको ट्युब निस्केको आशंका गरिएको छ।

ग्याँस चुहावट हुन थालेपछि शिक्षकले तुरुन्तै ट्युबको ग्याँस भल्भ बन्द गरेर थप क्षति हुनबाट जोगाएका थिए।

घटनापछि विद्यालय बुधबारको लागि विद्यालय बन्द गरिएको थियो। प्रहरीले घटनाको विस्तृत अध्ययन गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .