सोमबार दिउँसो हङकङको चिमसा चोइबाट अपहरित महिला घाइते अवस्थामा फेला परेकी छन् भने तीन जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्।
कालो पोसाक, टोपी र मास्क लगाएका दुई पुरुषले महिलालाई हिजो इचाङ स्ट्रिट र हान्को रोडको जंक्सनबाट जबरजस्ती कारमा राखेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।
महिलालालाई जबरजस्ती राखेपछि कार मङककतर्फ मोडिएको थियो।
प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि खोजी कार्यमा जुटेका अधिकारीले महिलालाई घटनास्थलको करिब २१ किलोमटिर पर हेङअन स्टेटको माअन सानमा घाइते अवस्थामा कारभित्र फेला पारेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
पोस्टलाई मंगलबार गोप्य सूत्रले जानकारी गराएअनुसार घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। यसको विस्तृत विवरण प्रहरीले पछि घोषणा गर्नेछ।
अपहरणमा परेकी महिलाको उमेर ४७ वर्ष रहेको खुल्न आएको छ। हिजो घटनास्थलमा जुत्ता पनि भेटिएको थियो, जुन अपहरित महिलाको रहेको अनुमान गरिएको छ।
याउचिम जिल्ला अपराध टोलीका अधिकारीले घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन्।
हेर्नुस् अपहरणको भिडिओ-
Shares
प्रतिक्रिया