हङकङको चिमसा चोइमा दिनदहाडै महिलाको अपहरण

हङकङको चिमसा चोइमा दिनदहाडै महिलाको अपहरण

घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १४:२८, हङकङ

हङकङको चिमसा चोइमा सोमबार दिउँसो महिलाको अपहरण भएको छ।

दिउँसो करिब १ बजे चिमसा चोइको इचाङ स्ट्रिट र हान्को रोडको जंक्सनमा घटना घटेको प्रहरीले जनाएको छ।

दुई पुरुष अपहरणकारीले महिलालाई जबरजस्ती कारमा राखेर लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

पुरुषहरूले महिलालाई जबरजस्ती कारमा धकेलेपछि उनी सहयोगको याचनासहित चिच्याएकी थिइन्।

२० देखि ३० वर्षकी उक्त महिलाको चिच्याहटबाट अपहरणको शंका गरेका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका हुन्।

घटनास्थलमा पीडितको जुत्ता भेटिएको र घटना भएको दुई घण्टा अर्थात् दिउँसो ३ बजेसम्म अपहरणकारी र पीडित कसैको पनि केही पत्तो नलागेको प्रहरीले जनाएको छ।

याउचिम जिल्ला अपराध टोलीका अधिकारीले पीडित र अपहरणकारीको खोजी गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .