हङकङबाट सिंगापुर उडिरहेको विमानमा जब एक यात्रुले ८० हजार डलर चोरे

हङकङबाट सिंगापुर उडिरहेको विमानमा जब एक यात्रुले ८० हजार डलर चोरे

बरामद नगद लगायत (स‌िंगापुर प्रहरी बल) र जहाजको सांकेतिक तस्बिर


नेपालखबर
फागुन २४, २०८० बिहिबार १३:१९, हङकङ

हङकङबाट सिंगापुरको उडानमा रहेका एक यात्रु अर्का यात्रुको ८० हजार अमेरिकी डलर चोरेको आरोपमा पक्राउ परेका छन्।

गत मंगलबार (५ मार्च)मा सिंगापुरको चाँगी विमानस्थलमा ओर्लिएपछि यात्रुले आफ्नो झोलाबाट नगद हराएको थाहा पाएका थिए।

उनले नगद हराएको रिपोर्ट गरेपछि एयरपोर्ट पुलिस डिभिजनका अधिकारी र सिंगापुर प्रहरी बल (एसपीएफ)को वाणिज्य मामिला विभागका अधिकारीले उडान रेकर्डका आधारमा  व्यक्तिको पहिचान गरे।

एसपीएफले जारी गरेको विज्ञप्तिअनुसार पीडितले आफ्नो झोला ओभरहेड कम्पार्टमेन्टमा राखेका थिए। त्यहीँ नै संदिग्ध व्यक्तिले शंकास्पद व्यवहार देखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसका साथै, संदिग्ध ती व्यक्तिले ३७ हजार ८ सय ९७ अमेरिकी डलरको चार रेमिटेन्स कारोबार गरेको पनि भेटिएको छ, जुन चोरीको पैसाको हिस्सा हो भन्ने प्रहरीको विश्वास छ।

पक्राउ परेका व्यक्तिबाट प्रहरीले ७९ हजार ६६२ अमेरिकी डलर नगद र अन्य सामान समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिलाई टोकियो कन्भेन्सन ऐनअनुसार बिहीबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी प्रहरीको छ।

टोकियो कन्भेन्सन ऐन १९७१ को धारा ३ ले देशबाहिर उड्ने सिंगापुर नियन्त्रित विमानमा अपराध भएमा सिंगापुरको कानुनअनुसार अपराधीलाई कारबाही गर्न अनुमति दिन्छ।

यो मुद्दामा दोषी प्रमाणित भएमा ती व्यक्तिलाई तीन वर्षसम्म जेल, जरिवाना वा दुवै सजाय हुन सक्छ। (सीएनएबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .