हङकङको यो रेस्टुरेन्ट जहाँको खानाले पाँच जना बिरामी परे

हङकङको यो रेस्टुरेन्ट जहाँको खानाले पाँच जना बिरामी परे

तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
फागुन २३, २०८० बुधबार ११:३२, हङकङ

हङकङको वानचाइमा रहेको ओइस्टर हाउस (रेस्टुरेन्ट)मा खाना खाएपश्चात् पाँच जना बिरामी परेपछि सेन्टर फर हेल्थ प्रोटेक्सन (सीएचपी)ले ‘विषाक्त’ खानाको अनुसन्धान गरिरहेको छ।

गत शनिबार एक पुरुष र दुई महिलालाई रातिको खाना खाएको १५ देखि ४४ घण्टापछि पेट दुख्ने, पाखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने तथा ज्वरो आएको थियो।

त्यसपछि फेरि अर्को दिन दुई जना महिलाले खाना खाएको २५ देखि २८ घण्टापछि पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने र बान्ता हुने गरेको थियो।

दुवै समूहका मानिसलाई एकै प्रकृतिको समस्या देखिएपछि गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरूले एकै प्रकारको खानेकुरा खाएको भेटिएको छ।

उनीहरूले काँचो ओइस्टर र स्क्यालप भएको खाना खाएको खुलेको हो।

खानेकुरामा नोरोभाइरस वा भिब्रिओ पाराहिमोलिटिकस भएको कारणले यस्तो भएको हुनसक्ने सीएचपीले जनाएको छ।

यसबारेमा सीएचपीले अझ विस्तृतमा अनुसन्धान गरिरहेको जनाएको छ भने खाद्य तथा वातावरण स्वच्छता विभाग (फुड एन्ड इन्भायरोन्मेन्टल हाइजिन डिपार्टमेन्ट)का सेन्टर फुड सेफ्टीका कर्मचारीले रेस्टुरेन्टको निरीक्षण गरेका छन्।

खानामा समस्या देखिएपछि विषाक्त खानेकुराबाट जोगिन काँचो समुद्री खाना नखान सीएचपीले सार्वजनिक अपिल गरेको छ।

यस्तो खानेकुरा खानुभन्दा पहिले पकाइको प्रक्रिया बुझ्न र राम्रोसँग पाके/नपाकेको विचार गरेर मात्र खान सीएचपीले सुझाएको छ। –एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .