हङकङमा कार र ट्याक्सी जुधेपछि सवाल-जवाफमा उत्रेका चालकलाई ट्रकले ठक्कर दियो, एकको मृत्यु

हङकङमा कार र ट्याक्सी जुधेपछि सवाल-जवाफमा उत्रेका चालकलाई ट्रकले ठक्कर दियो, एकको मृत्यु

दुर्घटनास्थलमा कार, ट्याक्सी र ट्रक (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
फागुन २१, २०८० सोमबार १६:५२, हङकङ

हङकङको राजमार्गमा सोमबार एक ट्रकले दुई सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सुरुमा कार र ट्याक्सी ठोकिए। त्यसपछि दुवै चालक बाहिर निस्केर वादविवादमा उत्रिरहेको बेला साेही दिशाबाट आएको ट्रकले उनीहरूसहित सवारीसाधनलाई ठक्कर दिएको हो।

दुवै घाइते चालकलाई सातिनस्थित प्रिन्स अफ वेल्स हस्पिटल लगिएकोमा कारका चालकको मृत्यु भएको अस्पतालले पुष्टि गरिसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ट्याक्सी चालकको पनि टाउकोमा चोट लागेको छ। दुर्घटनाबाट दुवै सवारी साधनमा व्यापक क्षति भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .