भोजपुर समाज हङकङको नयाँ नेतृत्व चयन, अध्यक्षमा विक्रम राई

भोजपुर समाज हङकङको नयाँ नेतृत्व चयन, अध्यक्षमा विक्रम राई

मगेन्द्र राई
फागुन १५, २०८० मंगलबार २१:११, हङकङ

भोजपुर समाज हङकङको ५औँ अधिवेशनले विक्रम राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

आइतबार जोर्डनस्थित भुपु ब्रिटिस क्लबमा सम्पन्न अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश:  विक्रम राई,  इन्द्रराज श्रेष्ठ, शिवराज श्रेष्ठ, पासाङ शेर्पा, मेनुका राई र दुर्गाप्रसाद राईलाई सर्वसम्मत चयन गरेको हो।

सदस्यहरूमा अर्जुन राई, विकास राई, गौतम राई,  माया राई, लीला राई, सीताराम राई र  धिराज वान्तवा चयन भएका छन्।

सन् २००२  मा ‘पौवाथुम’ नाममा स्थापना भई सन् २००४ मा भोजपुर समाज सेवा समिति नामकरण  गरी पहिलो अधिवेशन गरिएको थियो।

समाजले जिल्लामा प्रसूति गृह, स्कुल भवन निर्माणसहित दैवी प्रकोपलगायत मानवीय कार्यमा समेत उल्लेख्य सहभागिता जनाइरहेको छ। साथै भोजपुरका खेलाडी, स्रष्टा, कलाकार आदिलाई समेत सहयोग र सम्मान गर्ने गरेको छ। नेपाली कला र संस्कृति जगेर्ना गर्न समाजले सांगीतिक कार्यक्रम पनि गरिरहेको छ।

पर्यटकीय गन्तव्यका रुपमा परिचित भोजपुरबाट हङकङ बसोबास गरिरहेका भोजपुरेहरूलाई संगठित गरी सारोगाह्रो र अप्ठ्यारोमा पर्दा हातेमालो गर्न संस्था स्थापना गरिएको नवनिर्वाचित उपाध्यक्ष इन्द्रराज श्रेष्ठले नेपालखबरलाई बताए।

हङकङमा भोजपुरेहरूको संख्या उल्लेख्य छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .