हङकङमा किन्डरगार्टेनका लागि आवेदन दिनेको संख्या घट्यो

ओरालो लाग्दो जन्मदर र आप्रवासी लहरले असर गर्‍यो : सरोकारवाला
हङकङमा किन्डरगार्टेनका लागि आवेदन दिनेको संख्या घट्यो

तस्बिर : एससीएमपी


नेपालखबर
पुस २३, २०८० सोमबार १८:१४, हङकङ

हङकङका किन्डरगार्टेनहरूले आगामी सेप्टेम्बरदेखि सुरु हुने के१ कक्षाका लागि गत वर्षको तुलनामा एक तिहाइ कम आवेदन प्राप्त गरेको यस क्षेत्रका प्रतिनिधिले बताएका छन्।

हङकङ फेडेरेसन अफ एजुकेसन वर्कर्सका उपध्यक्ष तथा किन्डरगार्टेनकी प्रिन्सिपल न्यान्सी लामले के१ लागि गत वर्षको तुलनामा एक तिहाइभन्दा पनि कम आवेदन प्राप्त भएको बताएकी छन्।

एससीएमपीमा उल्लेख भएअनुसार यस्तो समस्या आउनुमा सहरबाट मानिसहरूको बसाइँ सर्ने दर बढ्नु तथा बच्चा जन्माउने प्रवृत्ति घट्नु प्रमुख रहेको उनले बताइन्।

एक तथ्यांकअनुसार सन् २०१७ मा हङकङमा ५६ हजार ५०० जनाको जन्म भएको थियो भने सन् २०२२ मा यो संख्या ३२ हजार ५०० पुगेको छ।

२०२३ को तथ्यांक भने अर्को महिना घोषणा हुनेछ। यद्यपि, प्राप्त १० महिनाको तथ्यांकलाई केलाउँदा अघिल्लो वर्षको सोही अवधिमा भन्दा ५३० कम छ।

के१ मा भर्नाका गर्दा सरकारी अनुदान (सब्सिडी) प्राप्त गर्न पठनपाठन सुरु हुनुभन्दा एक वर्ष अगावै अर्थात् सेप्टेम्बर र नोभेम्बरमा दर्ता प्रमाणपत्रको आवेदन दिनुपर्छ। तर, यस्तो आवेदन विगत पाँच वर्षको तुलनामा २० प्रतिशतभन्दा पनि कम परेको प्रारम्भिक तथ्यांक बाहिर आएको हो।

अर्को शैक्षिक सत्रका लागि यस्तो आवेदनको आधाकारिक तथ्यांक नआइसकेको भए पनि पाँच वटा स्कूलको विगतका वर्षको आवेदनसँग तुलना गर्दा यो घट्दो दरमा देखिएको शिक्षा ब्युरोका अधिकारीले बताएका छन्।

यद्यपि, प्रमाणपत्रको आवेदनकै आधारमा निष्कर्ष निकाल्न भने नहुने शिक्षा ब्युरोका प्रवक्ताको धारणा छ।

निजी तथा गैर-स्थानीय प्रि-स्कुलले सरकारी अनुदान पाउँदैनन्। अनुदानप्राप्त स्कूलमा पढाउने हो भने अभिभावकले एक वर्षअघि नै दर्ता प्रमाणपत्रको लागि आवेदन दिनुपर्ने हुन्छ। अनुदान प्राप्त गैर-नाफामुखी यस्ता प्रि-स्कुल अन्य स्कुलको तुलनामा कम छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .