हङकङमा किशोरीको ‘अपस्कर्ट फोटो’ खिच्ने व्यक्ति रंगेहात पक्राउ

हङकङमा किशोरीको ‘अपस्कर्ट फोटो’ खिच्ने व्यक्ति रंगेहात पक्राउ

नेपालखबर
पुस २३, २०८० सोमबार १५:३१, हङकङ

हङकङको वोङताइ सिनमा किशोरीको ‘अपस्कर्ट फोटो’ खिच्दै गरेका एक व्यक्ति रंगेहात पक्राउ परेका छन्।

सोमबार बिहान वोङताइ सिनमा अवस्थित यकवाह स्ट्रिटमा ३० वर्षीय युवकले १४ वर्षीया किशोरीको शरीरको माथिल्लो भागको तस्बिर लिइरहेको भेटिएको हो।

पुरुषको अस्वाभाविक क्रियाकलापपछि प्रहरीलाई खबर गरिएको थियो।

माक उपनामका उक्त व्यक्तिलाई प्रहरीले ‘अवैध रेकिर्डङ वा गोप्य अंगको अवलोकन गरेको’ अभियोगमा पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

अभियुक्त हाल प्रहरीको हिरासतमा छन्। घटनालाई वोङताइ सिन जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .