हङकङ : बक्सिङका क्रममा ढले प्रशिक्षार्थी, बचाउने प्रयास बन्यो निरर्थक

हङकङ : बक्सिङका क्रममा ढले प्रशिक्षार्थी, बचाउने प्रयास बन्यो निरर्थक

बक्सिङका क्रममा एक प्रशिक्षार्थी अचानक ढलेका थिए (द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर २६, २०८० मंगलबार १२:४८, हङकङ

सोमबार राति हङकङको चुङसा वानमा बक्सिङका क्रममा लडेर ५३ वर्षीय व्यक्तिको मृत्यु भएको छ।

डिसेम्बर ११ को राति करिब ८ बजे चुङसा वानको विङहङ स्ट्रिटमा रहेको बक्सिङ जिममा दुई प्रशिक्षार्थीबीच चलेको खेलमा उक्त दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार खेलको अन्तिम राउन्डको अन्तिम ३० सेकेन्डमा उनी अचानक ढले र बान्ता गर्न थाले।

स्थिति तनावपूर्ण भएपछि तत्काल प्यारामेडिकलाई खबर गरिएको थियो।

प्यारामेडिक आएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो तर राति ९ः४० बजे उनलाई अस्पताल मृत्यु भएको घोषणा गर्‍यो।

प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुमा खेलमा कुनै गल्ती नभएको विश्वास रहेको र मृत्युको कारण पोस्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने प्रहरीको भनाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

जानकार स्रोतका अनुसार सुरक्षा गार्डको रूपमा कार्यरत मृतक अक्टोबरमा मात्र बक्सिङ कक्षामा सामेल भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .