हङकङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हङकङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर २४, २०८० आइतबार १४:६, हङकङ

हङकङको चुनवानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आइतबार बिहान साढे ११ बजे रुट ट्विस्कको भ्युइङ पोइन्ट नजिकै गुडिरहेको मोटरसाइकल सेङचुनतर्फ जाँदै गरेको केएमबीको एकल-डेक बससँग ठोकिएको थियो।

बसको ठक्करबाट घाइते भएका ६० वर्षीय मोटरसाइकल चालकलाई प्यारामेडिकले तत्काल चुनवानमा रहेको यानचाइ अस्पताल पुर्‍याएका थिए। अस्पतालले उनलाई मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .