फुटबलका महारथी लियोनल मेस्सी हङकङ आउने भएका छन्।
मेस्सी आबद्ध क्लब इन्टर मियामीले बिहीबार २०२४ को लागि सार्वजनिक गरेको तालिकामा ४ फेब्रुअरीमा हङकङमा खेल हुनेछ।
‘२०२४ मेजर लिग स्कोर’ अभियानअनुरुप हङकङमा हुने यस खेलमा मेस्सी पनि सहभागी हुने बताइएको छ।
इन्टर मियामी र मेस्सीले त्यहाँ फर्स्ट डिभिजन लिगका शीर्ष खेलाडीहरू मिलेर बनेको टोलीको सामना गर्नेछन्।
इन्टर मियामीका को–अनर डेभिड बेकह्यामले हङकङमा पहिलो अन्तर्राष्ट्रिय टुर म्याच गर्न पाउँदा निकै खुसी लागेको टिप्पणी गरेका छन्।
‘मेरो करिअरभरि मैले एसियामा धेरै समय बिताएँ। यस उत्कृष्ट सहरमा इन्टर मियामीले हाम्रो पहिलो अन्तर्राष्ट्रिय टुर म्याच खेल्ने अवसर पाउँदा धेरै खुसी छु,’ बेकह्यामले भनेका छन्।
४० हजार क्षमताको हङकङ रंगशालामा खेल आयोजना हुनेछ।
इन्टर मियामीले यसअघि १९ जनवरीमा आईई साल्भाडोर र गत महिना चीनमा खेल्ने तालिका खेल्ने योजना सार्वजनिक गरेको थियो। तर, यी दुवै योजना असफल भएका थिए। (एपी)
Shares
प्रतिक्रिया