हङकङमा चोरीको यो कला : लुटपाटका लागि बाँधियो रुखमा रिबन!

हङकङमा चोरीको यो कला : लुटपाटका लागि बाँधियो रुखमा रिबन!

रुखमा बाँधिएको रिबन खोल्दै प्रहरी (एचकेपीएफ/एससीएमपी)


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १६:५७, हङकङ

हङकङ प्रहरीले साइकुङको जंगलका रुखमा चोरी तथा लुटपाट प्रयोजनका लागि संकेतस्वरुप रातो रिबन बाँधिएको फेला पारेको छ।

मंगलबार प्रहरीले जानकारी गराएअनुसार उक्त रिबन सोमबार दिउँसो पिकसोइ सनको पहाड र साइकुङको चुककोक क्षेत्रमा भेटिएको हो।

प्रहरीको अपरेसन स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार रुखका हाँगामा राता रिबन बाँधिएको उक्त क्षेत्र जंगलको कुनै स्थापित पैदल मार्ग भने होइन। चोरी कार्यको लागि ती रिबन संकेतको रूपमा प्रयोग गरिएको स्रोतको दाबी छ। चोरहरूले लक्षित गरिएका निवासको पहिचान गर्न ती रिबन संकेतको रूपमा बाँधेको विश्वास गरिएको छ।

‘नजिकैका आवासीय स्टेटहरूको पहिचान गर्न संकेतको रूपमा रिबन बाँधिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न गोप्य स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यममा उल्लेख गरिएको छ, ‘यस वर्षको सुरुमा दुई स्थानमा रहेका अपस्केल घरलाई चोरहरूले लक्षित गरेका थिए।’

सहरभर चोरीका घटनामा उल्लेख्य वृद्धि भएपछि गत अगस्टमा चेङक्वान ओ जिल्ला प्रहरी अन्तर्गत एक इकाइ स्थापना गरिएको थियो। यस इकाइको कार्यक्षेत्र ग्रामीण क्षेत्रमा नियमित गस्ती र अवैध आप्रवासीको खोजी रहेको प्रहरीले जनाएको छ।

इकाइले पछिल्लो समयको अपराध प्रवृत्तिलाई मध्यनजर गर्दै जंगल क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ।

यसका साथै प्रहरीले विशेषगरी पहाडको छेउछाउमा बस्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

बासिन्दाले नजिकैको पहाड/जंगलमा वा आवास सम्पदामा असामान्य संकेत देखेमा पनि तुरुन्तै खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

तथ्यांकमा उल्लेख भएअनुसार यस वर्षको पहिलो नौ महिनामा प्रहरीमा ९५१ चोरीका घटना दर्ता भएका छन्। यो तथ्यांक सन् २०२२ को सोही अवधिमा दर्ता भएका ६४६ घटनाको तुलनामा ४७.२ प्रतिशतले बढी हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .