हङकङमा सेकेन्ड ह्यान्ड घरको मूल्य २०१७ यताकै न्यून

हङकङमा सेकेन्ड ह्यान्ड घरको मूल्य २०१७ यताकै न्यून

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १३:३७, हङकङ

हङकङमा सेकेन्ड ह्यान्ड घरको मूल्य सन् २०१७ यताकै न्यूनमा झरेको छ।

मिडल्याण्ड रियल्टीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ मा ३६ हजार ९७४ वटा यस्ता घरको किनबेच भएको थियो भने २०२३ को यस अवधिसम्म ३३ हजार ७६७ घर किनबेच भइसकेका छन्।

‘बिक्रीको हिसाबले सन् २०२२ को तुलनामा २०२३ अलिराम्रो छ। यस वर्ष ४८ हजार लेनलेन हुने अपेक्षा गरेका छौँ,’ नाइट फ्र्याङ्क ग्रेटर चाइनाका लागि अनुसन्धान र परामर्श प्रमुख मार्टिन वोङलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेको छ, ‘सन् २०२३ को तुलनामा समग्र घरको मूल्य ५ देखि ६ प्रतिशत र २०२४ को पहिलो ६ महिनामा अर्को ३ देखि ५ प्रतिशतसम्म झर्ने अपेक्षा छ।’

मिडल्याण्ड रियल्टीको तथ्यांकमा उल्लेख भएअनुसार विभिन्न विकास परियोजनाले यो वर्षको अहिलेसम्मको अवधिमा ९ हजार ५६२ नयाँ एकाइ बेचेका छन्, जुन कारोबार २०२२ मा १० हजार २४३ थियो।

गत महिना हङकङका प्रमुख कार्यकारी जोन लीले आफ्नो दोस्रो नीति सम्बोधनमा सम्पत्ति प्रतिबन्ध सहज बनाउने घोषणा गरेका थिए।

उनको उक्त सम्बोधनमा गैरस्थायी तथा स्थायी बासिन्दालाई घर खरिद गर्दा ७.५ प्रतिशत कर छुट दिने व्यवस्था गरिएको थियो। त्यस्तै, खरिद गरेको दुई वर्षपछि आफ्नो सम्पत्ति बिक्री गर्ने घरधनीलाई १० प्रतिशत कर छुट दिने भनिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .