सोमबार बिहान हङकङको याउमा तेइमा एक युवक लुटिएका छन्।
बिहान करिब ९ बजे तीन जना व्यक्ति गेस्ट हाउसभित्र छिरेर लुटपाट मच्चाएका हुन्।
उनीहरूले १५० हङकङ डलर लुटेका छन्।
लुटपाटका क्रममा झडप हुँदा लुटिने ३४ वर्षीय युवक घाइते भएका छन्।
उनको टाउको र हातमा चोट लागेको छ।
लुटपाट भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घाइतेलाई अस्पताल पठाइएको र डकैतीको बारेमा जाँचबुझ भइरहेको जनाएको छ।
याउचिम जिल्लाका अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेका छन्।
मंसिर ४, २०८०, साेमबार
प्रतिक्रिया