मोटो रकम असुल्दै हङकङमा कामदार पठाउँदै चिनियाँ एजेन्ट

सफाइसम्बन्धी कामका लागि २५ हजार युआनसम्म लिएको खुलासा
मोटो रकम असुल्दै हङकङमा कामदार पठाउँदै चिनियाँ एजेन्ट

अक्टोबरको सुरुमा गरिएको अपरेसनमा अवैध कामदार आपूर्ति गर्ने गिरोहको नाइके भनिएकी महिलालाई पक्राउ गर्दै अधिकारी (एससीएमपी)


नेपालखबर
कात्तिक १२, २०८० आइतबार १८:११, काठमाडौँ

हङकङ मुख्यभूमि चीनको स्वशासित क्षेत्र हो। वास्तवमा हङकङ चीनकै भू–भाग भए पनि हङकङबाट चीन र चीनबाट हङकङ आउजाउ गर्न भिसा लगाउनु पर्दछ।

धेरै चिनियाँ रोजगारीका लागि हङकङ छिर्न आकर्षित देखिन्छन्। यसैको फाइदा उठाउँदै कतिपय चिनियाँ एजेन्टले हङकङमा काम गर्न जान चाहने चिनियाँसँग मोटो रकम असुल्दै काममा लगाइदिने गरेको पाइएको हो।

पछिल्लो समय स्थानीय एक पत्रिकाले गरेको खोजमूलक रिपोर्टिङमा चिनियाँ एजेन्टले हङकङमा सरसफाइसम्बन्धी कामका लागि जान चाहने चिनियाँसँग २५ हजार युआनसम्म असुल्ने गरेको तथ्य खुलेको हो।

रोजगारी खोज्ने व्यक्तिको भेषमा एजेन्टसमक्ष पुगेका पत्रिकाका रिपोर्टरले उक्त तथ्य पत्ता लगाएका हुन्।

रिपोर्टिङका क्रममा फरक-फरक एजेन्टको सम्पर्कमा पुगेका रिपोर्टरले दुई एजेन्टसँगको कुराकानीमा काम खोजिदिएवापत् आफूहरूले २२ देखि २५ हजार युआनसम्म कमिसन लिने गरेको बताएका थिए।

रोजगारी खोजीकर्ताको भेषमा पुगेका रिपोर्टरले महंगो भएको गुनासो गर्दा एजेन्टले यति रकममा पनि मानिसहरू सजिलै जान नपाएको र धेरैको गन्तव्य हङकङ भएको तर्क अघि सारेका थिए।

यसका साथै उनले रोजगारदातालाई खुसी पार्न सके उनीहरूले ‘वर्किङ भिसा’ प्राप्त गर्न मद्दत गरिदिन सक्ने समेत बताएका थिए।

यो भनाइबाट पनि पुष्टि हुन्छ कि उनीहरूले मोटो रकम लिएर पठाए पनि बाटो भने अवैध हो।

आफ्नो वास्तविक नाम र कम्पनी खुलाउन नचाहेका दुवै एजेन्टले चिनियाँ सामाजिक सञ्जालमा हङकङमा सफाइसम्बन्धी कामका लागि जागिरको विज्ञापन बढेको बताएका थिए।

त्यस्ता विज्ञापनमा रोजगारीका आकांक्षीले थप विवरण माग्ने गरेको तर खातावालाले निजी सन्देश मार्फत् मात्र कुराकानी गर्ने गरेको उनीहरूले खुलाएका थिए।

यता हङकङको श्रम विभागले भने कर्मचारी आयात गर्न चाहने रोजगारदाताले विभागमा आवेदन दिनुपर्ने बताएको छ।

विभागले स्वीकृति दिएपछि र मुख्यभूमिका अधिकारीद्वारा अनुमोदित विदेशी श्रम सेवा सहयोग उद्यमहरू मार्फत् मात्र त्यसरी कामदार भर्ना गर्न पाउने विभागले जनाएको छ।

कानुनका ज्ञाता डोरिन कङ युक–फुनले एजेन्टहरू गैरकानुनी नभए पनि भिसा आवेदन तथा प्राप्तिको ग्यारेन्टी भने दिन नसक्ने बताउँछन्।

यसअघि अक्टोबरको सुरुमा हङकङ अध्यागमन विभागले ५० रेष्टुरेन्टमा विनाभिसा काम गरिरहेका कामदारलाई पक्राउ गरेको थियो।

त्यतिबेला अवैध कामदार आपूर्ति गर्ने सञ्जालका सदस्य पनि पक्राउ परेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .