हङकङ : डिभाइडरमा ठोकिएर उछिट्टिएको मिनिभ्यान बससँग ठोकिन पुग्यो, एक जनाको मृत्यु, दुई घाइते

हङकङ : डिभाइडरमा ठोकिएर उछिट्टिएको मिनिभ्यान बससँग ठोकिन पुग्यो, एक जनाको मृत्यु, दुई घाइते

डिभाइडरमा ठोकिएको मिनिभ्यान बसको ठक्करपछि सडक छेउमा पल्टिएको थियो (तस्बिर : ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:२२, हङकङ

बुधबार बिहान हङकङको चिङयीमा केएमबीको डबल डेकर बससँग मिनिभ्यान ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहान करिब ११ बजे चिङहङ रोडमा मिनिभ्यान बससँग ठोकिएको हो।

दुर्घटनाका कारण गम्भीर घाइते भएका डेलिभरी भ्यानका यात्रीलाई बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको थियो। तर, उनलाई बचाउने प्रयास सफल भएन।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरू दुई गाडीका चालक हुन्। दुर्घटनामा घाइते भएका तीनै जनालाई चुनवानस्थित यानचाइ अस्पताल लगिएको थियो।

भ्यानमा ५३ वर्षीय चालक र ५६ वर्षीय अर्का व्यक्ति सवार थिए। जसमध्ये यात्रुको मृत्यु भएको हो।

बससँग ठोकिएपछि पल्टिएको भ्यान (तस्बिर : द स्ट्याण्डर्ड)

त्यस्तै, बसलाई ६० वर्षीय चालकले हाँकेका थिए। उनी पनि सामान्य घाइते भएका छन्। दुर्घटनाको समय केएमबी रुट ४३ को उक्त बसमा कुनै पनि यात्रु नभएको प्रहरीले जनाएको छ।

केएमबीका अनुसार डबल डेकर बस स्लो लेनमा गुडिरहेको वेला विपरीत दिशाबाट आएको डेलिभरी भ्यान डिभाइडरमा ठोकिएर बसमा ठोकिन आइपुगेको हो।

दुर्घटनाका कारण बसको अगाडि सिसा फुट्नुका साथै अगाडिको भाग कुच्चिएको छ भने भ्यान सडकमै पल्टिएको थियो।

प्रहरीले दुवै गाडीका चालकलाई ब्रेथलाइजर टेस्ट गरेको थियो। परीक्षणमा दुवै चालक पास भएको प्रहरीले जनाएको छ।

घटनालाई न्यु टेरिटोरिज साउथ ट्राफिक युनिटले हेरिरहेको छ। इकाइका अधिकारीले घटनाको बारेमा विस्तृत अध्ययन भइरहेको जनाएका छन्।

अघिल्लो भागमा क्षति पुगेको बसका चालक पनि घाइते भएका छन् (तस्बिर : ह्यान्डआउट/एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .