हङकङमा विद्यालयभित्र यी व्यक्तिको यस्तो हर्कत, केटीहरूको फोटो खिच्न शौचालयभित्र लुकेर बसे

हङकङमा विद्यालयभित्र यी व्यक्तिको यस्तो हर्कत, केटीहरूको फोटो खिच्न शौचालयभित्र लुकेर बसे

तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज ३०, २०८० मंगलबार १२:१३, हङकङ

हङकङको गाउचि वानस्थित गुड होप स्कूलमा अनौठो घटना घट्न पुगेको छ।

सोमबार बिहान करिब साढे ९ बजेतिर दुई विद्यार्थी शौचालय प्रयोग गरिरहेको अवस्थामा कसैले कम्पार्टमेन्टबाट फोटो खिचिरहेको भेउ पाए।

त्यसपछि उनीहरू त्यसलाई पक्रनको लागि बन्द कम्पार्टमेन्टको अगाडि पर्खिए। तर, उक्त व्यक्ति बाहिर निस्क्यो र भाग्यो, उनीहरूले समात्न सकेनन्।

त्यो व्यक्ति आफ्नै स्कूलको पोशाक लगाएको देखेर उनीहरू चकित भए। अझ आश्चर्यलाग्दो कुरा त उसले विग लगाएको थियो र मेकअप पनि गरेको थियो। घटनाक्रम हेर्दा उक्त व्यक्ति स्कूल पोशाकमा केटीको हुलिया बनाएर भित्र छिरेको देखिन्छ र केटीहरूको फोटो खिच्नका लागि शौचालयभित्र लुकेर बसेको देखिन्छ।

पुरुषको यस्तो हर्कतबाट दिक्क बनेका केटीहरूले तुरुन्तै घटनाबारे विद्यालयमा जानकारी गराएका थिए। गम्भीर यो विषयलाई स्कूलले प्रहरीमा रिपोर्ट गर्‍यो।

घटनालाई वोङताइ सिन प्रहरीले हेरिरहेको छ। संदिग्धको खोजी कार्यका लागि वरपरको सुरक्षा क्यामेरा फुटेजको समीक्षा गरिरहेको प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ भने गरेको छैन।

गुड होप स्कूल सन् १९५४ मा स्थापित गर्ल्स स्कूल हो। प्राथमिक र माध्यमिक दुवै खण्डको पढाइ हुने यो स्कूल गाउचि वानको पूर्वी भागमा पहाडको फेदमा अवस्थित छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .