आइतबार बिहान हङकङको चिमसा चोइस्थित फार्मेसीमा एक समूहले आक्रमण गरेको छ।
आक्रमणका कारण फार्मेसीका दुई कर्मचारी घाइते भएका छन्। ५/६ जनाको समूहमा आएका आक्रमणकारीले उनीहरूलाई कुटपिट गरेका हुन्।
कुटपिटपछि आक्रमणकारी सेडान चढेर भागेका थिए।
आक्रमणबाट चोङ उपनामका ३६ वर्षीय पुरुषको टाउको र हातमा चोट लागेको छ। त्यस्तै, चोइ उपनामका ३४ वार्षीय पुरुषको टाउको र घुँडामा चोट लागेको छ।
दुवै जनालाई उपचारका लागि क्विन एलिजाबेथ अस्पताल लगिएको छ।
आक्रमण किन र केका लागि भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। घटनालाई यामचिम प्रहरीले हेरिरहेको छ।
204
Shares
प्रतिक्रिया