हङकङमा निर्माण कामदारबीच झडप हुँदा दुई जना घाइते, आठ पक्राउ

हङकङमा निर्माण कामदारबीच झडप हुँदा दुई जना घाइते, आठ पक्राउ

तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज २८, २०८० आइतबार १७:३०, हङकङ

आइतबार बिहान हङकङको सेककिप मेइमा दुई समूहबीच झगडा भएको छ।

झगडाको रिपोर्ट पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा समेत झगडा नरोकिएपछि बल प्रयोग गर्नुपरेको थियो।

सेककिप मेइ बजारको पहिलो तलामा भएको उक्त झडपमा प्रहरीले हस्तक्षेप गरेपछि कतिपय उल्टै प्रहरीसँग जाइलागेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन हम्मे परेपछि प्रहरीले थप बल मगाएको थियो भने केहीलाई हतकडी समेत लगाउनुपरेको थियो।

स्रोतका अनुसार झडपमा संलग्न एक–अर्कालाई नचिनेका निर्माण मजदुर हुन्। प्रत्यक्षदर्शीका अनुसार झगडामा सरिक कतिपय रक्सीले मातेका समेत थिए।

झडपमा घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको थियो।

झगडामा संलग्न सात पुरुष र एक महिला गरी आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .