गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्रकुमार शर्माको उम्मेदवारी घोषणा

हङकङ, क्यानडा लगायत ४० देशबाट गरे सुझाव संकलन
गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्रकुमार शर्माको उम्मेदवारी घोषणा

पत्रकार सम्मेलनका क्रममा राजेन्द्रकुमार शर्मा


नेपालखबर
असोज २६, २०८० शुक्रबार १८:८, हङकङ

गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्रकुमार (आरके) शर्माले उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकाल (२०२३–०२५)का लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

‘गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने कार्यकालका लागि २४ कार्ययोजना समेटेर बाचापत्र सार्वजनिक गरे।

शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष हुन्। नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडा लगायत ४० देशबाट सुझाव संकलन गरिसकेका छन्।

विप्रेषण रकमको प्रयोगलाई उत्पादनमूलक उद्यमसँग जोड्ने उनको योजना छ। उम्मेदवारी घोषणाका क्रममा शर्माले गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै शर्माले एनआरएनएको एकता गराएरै छाड्ने आफ्नो पहिलो प्रतिबद्धता भएको जनाए। यस्तै, वैदेशिक रोजगार, दक्ष जनशक्ति, सुरक्षित वातावरण, सामाजिक सुरक्षालाई कार्यान्वयन गर्ने आफ्नो कार्ययोजना भएको उनी उनले पत्रकार सम्मेलनका क्रममा बताए।

यसको साथै, श्रमिकहरूको आर्थिक स्थिति सुधार, विप्रेषण रकमको प्रयोगलाई उत्पादनमूलक उद्यमसँग जोड्ने, गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन, सांगठनिक पुनःर्संरचना कार्यदलबाट गहन योजना, मानव संशाधन : सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन : सबैले गर्न पाउन मतदान, आर्थिक कुटनीति : लगानी प्रबर्धन मुख्य नीति, गरौँ उच्चतम प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, नेपाली रोजौँ, नेपाली खोजौँ : निर्यात बढाउन जोडतोडले लागौँ, गैरआवासीय सरोकार : जहाँ भए पनि नागरिकता र मताधिकार जस्ता अरू योजना आफू रहेको शर्माले बताए।

यस्तै, नेपाल समृद्धिको दस्ता : गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि : जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकार सम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञान : देश निर्माणको अभियान, देश विकासको बल : एक एनसीसी हजार पर्यटक, घटाऔँ वैदेशिक श्रम : फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान : युवा परिचालन र विज्ञबाट ज्ञान, योजनाबद्ध कार्यान्वयन :  न्यायपूर्ण कार्यसम्पादन मूल्याङ्कन जस्ता कार्ययोजना पनि आफूले बनाएको शर्माले बताएका छन्।

शर्माले गैरआवासीय नेपाली संघ सबैको साझा संस्था बनाउन कटिबद्ध भएर लाग्ने पनि कार्यक्रममा बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .