यतिखेर हङकङ समुन्द्री आँधीको त्रासमा छ। आँधी सहरतर्फ नजिकिन थालेपछि आइतबार दिउँसो १२:४० देखि सिग्नल नम्बर ८ जारी गरिएको छ।
टी८ संकेत गर्ने निर्णय गर्दासम्म टाइफुन कोइनु सहरको १०० किलोमिटर दूरीमा रहेको थियो। आउँदा घण्टामा यसको प्रभाव अझ बढ्दै जाने अब्जर्भेटरीले जनाएको छ।
समाचार तयार पर्दासम्म आँधीका कारण बाढीपहिरोको रिपोर्ट प्राप्त भएको छैन। यद्यपि दिउँसो २ बजेसम्म तीन वटा रुख ढलेको र एक जनाले सार्वजनिक अस्पतालबाट सेवा लिएको विवरण प्राप्त भएको छ।
यसका साथै पछिल्लो समय टेट्स कर्न, वागलन आइल्याण्ड, ग्रीन आइल्याण्ड लगायतका स्थानमा तीव्र गतिमा हावा चलेको खबर छ।
कोइनुका कारण आइतबार र सोमबार हङकङमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन्। त्यस्तै, अब्जर्भेटरीले बासिन्दालाई मौसम बुलेटिनसँग अद्यावधिक रहन अपिल गरेको छ।
75
Shares
प्रतिक्रिया