आइतबार बिहान हङकङको युनलङमा ट्याक्सीले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ।
बिहान करिब ५ बजे उनलाई ट्याक्सीले ठक्कर दिएको हो। ठक्करपछि बेहोस अवस्थामा अस्पताल पुर्याइएकी उनलाई करिब ६ बजे अस्पतालले मृत घोषित गरेको थियो।
लङयिप स्ट्रिटबाट सेउङ सुतर्फ गइरहेको ट्याक्सीले बाटो काटिरहेकी ८४ वर्षीया वृद्धालाई ठक्कर दिएको हो।
ट्याक्सी येउङ उपनामका ६० वर्षीय पुरुषले हाँकेका थिए। दुर्घटनाबाट पीडितको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उद्धार गरी पोकओइ अस्पताल लगिएको थियो।
ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रण लिई हिरासतमा राखेको छ। उनलाई खतरनाक तरिकाले सवारी चलाएको आरोपमा पक्राउ गरिएको हो।
195
Shares
प्रतिक्रिया