हङकङको वानचाइस्थित निर्माणस्थलमा जंगली बँदेल छिर्दा कम्तीमा ६ जना घाइते भएका छन्।
बिहीबार बिहान भएको उक्त घटनामा पाँच कामदार र एक प्रहरी घाइते भएका हुन्।
करिब एक मिटर लम्बाइ भएको बँदेल एक्कासी लिफ्ट चढेर निर्माणस्थलमा पुगेको थियो।
घाइते मजदुरको उद्धार गरिँदै (तस्बिरहरू : द स्ट्याण्डर्ड)
प्रहरीका अनुसार लिफ्ट चढेर पहिलो तलामा पुगेको बँदेल बाहिर निस्कने क्रममा पाँच जना कामदारसँग ठोकिएको हो।
त्यसपछि बँदेललाई नियन्त्रण गर्ने प्रयास गरेका प्रहरी पनि घाइते भएका थिए।
निर्माणस्थलमा केहीबेर तनाव सृजना गरेको बँदेल त्यहाँबाट निस्केर नजिकैको पहाडतिर दौडेको थियो।
बँदेलको आक्रमणबाट एक प्रहरी पनि घाइते भएका छन्
बँदेलको आक्रमणबाट ५७ वर्षीय एक कामदारको हात र खुट्टामा चोट लागेको छ। उनलाई पोकफु लामस्थित क्वीन मेरी अस्पताल पठाइएको छ।
त्यस्तै, घाइते अन्य चारजना मजदुर र प्रहरीलाई वानचाइस्थित रुट्टोन्जी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा प्रहरीले कृषि, मत्स्यपालन तथा संरक्षण विभागलाई खबर गरेको थियो।
Shares
प्रतिक्रिया