हङकङमा जब एक महिला चक्कु बोकेर बैंक छिरिन्

हङकङमा जब एक महिला चक्कु बोकेर बैंक छिरिन्

चक्कु देखाएर धम्क्याउने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ (तस्बिर : द स्ट्याण्डर्ड)


नेपालखबर
असोज १७, २०८० बुधबार १६:३९, हङकङ

हङकङमा बुधबार दिउँसो एक महिला चक्कु बोकेर बैंक छिरेपछि केहीबेर स्थिति तनावपूर्ण बन्यो।

चुनवानस्थित डीबीएस बैंकको शाखामा दिउँसो २ बजेतिर पुगेकी उनले बैंक टेलरलाई धम्क्याउँदै चक्कु देखाएकी थिइन्।

महिला झगडा गर्ने मनस्थितिमा देखिएपछि क्लर्कले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै आएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिए।

महिलालाई प्रहरीले पक्राउ गरेर लगेपछि बैंकको काम सुचारु भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लगानी डुबेपछि ती महिला बैंक टेलरसँग भिड्ने निर्णयसहित चक्कु बोकेर छिरेकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .