शुक्रबार हङकङको चुनवानमा कारले ठक्कर दिएपछि एक महिला घाइते भएकी छन्।
बिहान करिब १० बजे होपुइ स्ट्रिटबाट चुनलङ स्ट्रिटतर्फ जाँदै गरेको सेभेन सिटरले उनलाई ठक्कर दिएको हो।
चाउ उपनाम गरेकी ७६ वर्षीया महिलाको खुट्टामा चोट लागेको छ।
उनलाई दुर्घटनास्थलमै ब्यान्डेज लगायतका प्राथमिक उपचार गरी यानचाइ अस्पतालमा थप उपचारका लागि लगिएको छ।
प्रहरीले गाडीका चालकलाई नियन्त्रणमा लिई अल्कोहलको श्वास परीक्षण गरेको थियो।
परीक्षणमा अल्कोहल नदेखिएको तथा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वृद्धालाई ठक्कर दिने सेभेन सिटरलाई हङ उपनामका ३६ वर्षीय युवाले हाँकेका थिए।
असोज १२, २०८०, शुक्रबार
प्रतिक्रिया