हङकङको ताइलाम सुरुङमार्गको प्रवेश शुल्क बढ्ने भएको छ।
८ अक्टोबरदेखि लागू हुने परिमार्जित शुल्क फरक फरक सवारीसाधनको लागि फरक फरक रहेको छ।
जसअन्तर्गत, मोटरसाइकलको लागि २ डलर बढेर २८ हङकङ डलर, निजी कारको लागि तीन डलर बढेर ५८ डलर, सामान बोक्ने हल्का भ्यानको लागि ५ बढेर ६४ हङकङ डलर हुनेछ।
त्यस्तै, निजी र सार्वजनिक मिनिबसले ९ डलर बढी बुझाउनुपर्नेछ। अब मिनिबसले १२६ हङकङ डलर तिर्नुपर्ने हुन्छ।
यसैगरी, डबल डेकर बसको लागि १६ बढेर २१३ डलर र सिंगल डेकर बसको लागि १३ बढेर १८० हङकङ डलर हुनेछ।
सञ्चालन लागत बढेकोले आयस्तर सुधार गर्न प्रवेश शुल्क बढाउनुपरेको सम्बन्धित निकायले जनाएको छ।
असोज १२, २०८०, शुक्रबार
प्रतिक्रिया